Monday, 5 May 2025

बिहान उठ्ने बित्तिकै गर्ने प्रेरणादायक र जीवनमा काम लाग्ने १० वटा महत्वपूर्ण कुराहरू

 

BKs


१. ईश्वरप्रति धन्यवाद दिनुहोस्।


आँखा खुल्ने बित्तिकै आफू जीवित रहेको, स्वस्थ रहेकोमा ईश्वरप्रति आभार प्रकट गर्नुहोस्।

(“धन्यवाद ईश्वर , आजको नयाँ दिनका लागि।”)


२. गहिरो श्वास लिनुहोस्।


५ पटक गहिरो श्वास लिनुहोस् र आफ्नो शरीर र मनलाई ताजा गर्नुहोस्। यसले ऊर्जा बढाउँछ।


३. सकारात्मक सोच बनाउनुहोस्।


आफैंलाई भन्नुहोस्: "आज म एकदम सकारात्मक र सफल हुनेछु।"

(Positive affirmation प्रयोग गर्नुहोस्।)


४. आफ्नो लक्ष्य सम्झनुहोस्।


आफ्नो जीवनको ठूलो सपना र दैनिक सानो लक्ष्य सम्झेर दिनको सुरुवात गर्नुहोस्।


५. पानी पिउनुहोस्।


उठ्नेबित्तिकै एक गिलास ताजा पानी पिउनुहोस्। शरीरको विष पदार्थ (toxins) हटाउन मद्दत गर्छ।


६. हल्का व्यायाम वा स्ट्रेचिंग गर्नुहोस्।


५–१० मिनेट हल्का व्यायाम वा योग गर्नुहोस्। तपाईंको ऊर्जा स्तर निकै बढ्नेछ।


७. ध्यान वा प्रार्थना गर्नुहोस्।


५ मिनेट मौन ध्यान वा मनदेखि प्रार्थना गर्नुहोस्। यो तपाईंलाई शान्त र स्पष्ट बनाउँछ।


८. आजको कार्य योजना तयार गर्नुहोस्।


छोटकरीमा आज के-के कामहरू गर्नु छ भनेर सूची (To-Do List) बनाउनुहोस्।

(जसले तपाईंलाई फोकसमा राख्छ।)


९. प्रेरणादायक कुरा पढ्नुहोस् वा सुन्नुहोस्


बिहान सानो प्रेरणादायक उद्धरण पढ्नुहोस् वा मनछुने भिडियो सुन्नुहोस्।


१०. मुस्कानसहित दिन सुरु गर्नुहोस्।


ऐनामा हेरेर मुस्कुराउनुहोस् र भन्नुहोस्: "आज म खुशी छु र सफल हुनेछु।"


यी सबै बानीहरू यदि तपाईंले बिहान उठ्नेबित्तिकै अभ्यास गर्न थाल्नुभयो भने, तपाईंको जीवनमा गहिरो परिवर्तन आउनेछ — मानसिक शान्ति, ऊर्जा र सफलता दुवै बढ्नेछन्।

Saturday, 3 May 2025

राति सुत्नुभन्दा पहिले यी १० कामहरू गर्नुहोस्

Image


१. दिनभरिकाे समीक्षा गर्नुहोस्।


आज के-के राम्रो भयो र के सुधार गर्न सकिन्छ भनेर शान्त मनले सम्झनुहोस्।

(आफ्नै गल्ती र उपलब्धि स्वीकार्नु ठूलो कुरा हो।)


२. आभार प्रकट गर्नुहोस् (Gratitude)।


आज दिनभरि भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति मनदेखि धन्यवाद भन्नुहोस्।


३. सबै चिन्ता कागजमा लेखेर टुक्र्याउनुहोस् ।


टाउकोमा बोकेका चिन्ताहरू लेखेर छुट्ट्याउनुहोस्। लेखेपछि मन हलुका हुन्छ।

(“भोली समाधान गर्ने छु” भनेर आफूलाई आश्वासन दिनुहोस्।)


४. मोबाइल/स्क्रिन टाढा राख्नुहोस्।


सुत्नुअघि कम्तीमा ३० मिनेट पहिल्यै मोबाइल, टीभीजस्ता स्क्रिनबाट टाढा बस्नुस्।

(यसले निन्द्रा राम्रो बनाउँछ।)


५. हल्का ध्यान वा श्वास-प्रश्वासको अभ्यास गर्नुहोस्।


कम्तिमा पनि  ५ मिनेट गहिरो श्वास लिएर छोड्ने अभ्यासले मन र शरीर दुवै शान्त हुन्छ।


६. भोलीको योजना तयार गर्नुहोस्।


भोलिको महत्वपूर्ण ३–५ कामहरूको सूची (To-Do List) छोटकरीमा लेख्नुस्।

(यसले तपाईंको मस्तिष्कलाई सजिलै विश्राम दिन्छ।)


७. आत्मालाई माफ गर्नुहोस्।


आफूले गरेको गल्तीका लागि आफैंलाई माफ गर्नुहोस्। अरुलाई पनि मनमनै क्षमा दिनुहोस्।

(रातको निन्दा शान्त र मीठो हुन्छ।)


८. प्रेरणादायी पुस्तक पढ्नुहोस्।


सुत्नुअघि ५–१० मिनेट सकारात्मक, ज्ञानवर्द्धक वा आत्म-सुधारको किताब पढ्नुस्।


९. सफा र शान्त वातावरण बनाउनुहोस्।


आफ्नो कोठा सफा राख्नुहोस्। सजिलो, न्यानो ओछ्यान र हल्का सुगन्धले निन्दा गहिरो बनाउँछ।


१०. आफैंलाई प्रेम गर्नुहोस्।


निदाउनु अघि आफूलाई एउटा मीठो सन्देश दिनुहोस्:

("म आज पनि अघि बढेँ। म आफूलाई माया गर्छु। म सक्षम छु।" )


यी अभ्यासहरूले तपाईंको रात शान्त, निन्द्रा गहिरो, र भोलिपल्टको ऊर्जा अत्यन्तै उच्च बनाउनेछ।

जीवनमा ठूलो परिवर्तन सानोतिनो बानी सुधारले नै ल्याउँछ। 


Good night 


BKS_Click

बागेश्वरी सहकारीको क्षमता विकास तालिम सम्पन्न ।

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

संस्थाका सञ्चालक समिति, लेखा समिति, तथा अन्य उपसमितिहरूलाई क्षमता विकास तालिम कार्यक्रम २०८२ साल वैशाख १९ गते शुक्रबारको दिन सम्पन्न भएको छ । प्रमुख आतिथ्यता संस्थाको संस्थापक अध्यक्ष रुद्रबहादुर श्रेष्ठ र तालिमको प्रशिक्षक राजकुमार श्रेष्ठले गर्नुभएको थियो । संस्थाको सचिव विनोद कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष राजकुमार श्रेष्ठले गर्नुभएको थियो। तालिममा सहकारीका सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिहरू र पूर्व समितिका पदाधिकारीहरू पनि उपस्थिति रहेको थियो। 

Image


Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image

Image



Friday, 10 June 2022

पर्यटन प्रबद्र्धनका लागि खाँडादेवीमा जेसीजको पैदल यात्रा

 

काठमाडौँ ः  खाँडादेवी जेसीजले जेसीज सप्ताहको अन्तिम दिन पर्यटन प्रबद्र्धनका लागि पैदल यात्रा भन्ने शिर्षकमा कायक्रम सम्पन्न गरिएको हो  । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकास्थित रहेको खाँडादेवी मन्दिर पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ हो । सोहि ठाउँलाई पर्यटन प्रबद्दनको लागि देश तथा विदेशमा परिचित गराउन खाँडादेवी जेसीजले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । खाँडादेवी मन्दिर नेपालकै प्रशिद्ध मन्दिरहरु मध्ये एक हो । उत्तः मन्दिर समुन्द्रि सतहदेखी करिव १९८६ मिटरमाथि रहेको छ । चिसो हावापानी रहेको उक्त मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबलै आफ्नै विशिष्ट स्थान छ । 

Image


Image


Image


शाखाका कार्यकारीणी उपाध्यक्ष गुणराज श्रेष्ठको सभापतित्व, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशेष आतिथ्यतामा शाखाका संस्थापक अध्यक्ष होमराज श्रेष्ठ रहेको उक्त कार्यक्रममा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष केशव प्रधान, वडा नम्बर ५ का अध्यक्ष मनोज न्ँयौपाने, वडा नम्बर ६ का अध्यक्ष नारायण कार्की, वडा नम्बर ७ का अध्यक्ष चण्डिकलाल तामाङ, वडा नम्बर ८ का अध्यक्ष गंगालाल तामाङ, कार्यपालिका सदस्य गोमा विक, विभिन्न विद्यालयका शिक्षक, स्थानीय राजनीतिक दलका नेता, सामाजिक व्यक्तिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
Image

Image

Image

Image

Image

Image


१५० जना भन्दा बढी सहभागि रहेको पैदल यात्रामा बुद्धभवानी माविबाट ५९ जना, प्रायोग्यश्वोर माविबाट ३० जना, भिमेश्वर माविबाट २ जना, जिएन बोडिङ स्कुलबाट १७ जना, प्रगतिशिल माविबाट १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । गोगन पानी देखी शुरु भएको पैदल यात्रा ज्याङछ्युव छ्र्योतेन स्तुपा हुँदै क्षेत्री गाउँ, राई गाउँ, माकादुम हुँदै १० कि.मि. को पैदल यात्रा विच बाटोहरुमा नाच, गान, कविता सुनाउँदै करिव ३ घण्टा लगाएर खाँडादेवी मन्दिर पुगिएको हो । 

नाचँ गान मिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

संयोजक तेजकुमारमा श्रेष्ठ रहेको उक्त कार्यक्रमसंस्थाको महासचिव विनोदकुमार श्रेष्ठले सञ्चालन गरिएको थियो । कार्यक्रम समापन खाँडादेवी मन्दिर परिसरमा गरिएको थियो । 


Image

Image

Image

Image

Image



यसैगरी मंगलवार गोगनपानी रामेछापमा रहेको स्तुपा सरसफाइ गरिएको थियो । सप्ताह कार्यक्रमभित्र रहेर यस भन्दा अघि मावि स्तरीय वक्तित्वकला, कविता प्रतियोगिता, वृक्षारोपणलगायतका कार्यक्रमहरुको आयोजना गरिएको शाखाको महासचिव तथा सप्ताह कार्यक्रमको मुल संयोजक जेसी बिनोदकुमार श्रेष्ठले बताउनु भयो । 

Saturday, 28 May 2022

खाँडादेवी जेसीजको दोस्रो बोर्ड बैठक सम्पन्न

काठमाडौँ : खाँडादेवी जेसीजको आयोजनामा तिनकुने स्थित KFC मा संस्थाको अध्यक्ष जेसि सम्झना श्रेष्ठको अध्यक्षतामा बोर्ड बैठक सम्पन्न गरिएको हो । उक्त बैठकमा बोर्डका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त बैठकमा अध्यक्षबाट ५ वटा प्रोभिजनल एजेन्डा प्रस्तुत गरि सोहि एजेन्डामा रहेर कार्यक्रम शुरु गरिएको थियो । 

Image

यस बैठकबाट संस्थाको सम्पुर्ण सदस्यहरुलाई संस्थाको लोगो सहितको एउटा÷एउटा टिसर्ट वितरण गरिने सर्वसहमत बाट पारित गरिएको थियो । त्यसैगरि खाँडादेवी जेसीजको लागि खाँडादेवी गाउँपालिका र बागमति प्रदेशबाट विनियोजित रकम रु १०÷१० गरि २० लाखले भवन निर्माणको कामलाई अगाडि बढाउन भवन निर्माण उपभोक्ता समिति गठन गरिने र सोहि जेसिज भवन शिल्यानास र स्वास्थ्य शिविर कार्यक्रम एकै दिन पारेर गरिने निर्णय सर्वसहमतबाट पारित गरिएको थियो । 

Image

नेपाल जेसीजको नियमलाई पालना गर्दै पत्येक वर्ष गरिने जेसीज सप्ताह कार्यक्रम पनि यहि जेठ २१ गतेबाट शुरुवात गरिने संस्थाको अध्यक्ष जेसि सम्झना श्रेष्ठले जानकारी दिनुभयो । जेसीज सप्ताह प्रत्येक दिन एउटा र अलग अलग शिर्षकमा कार्यक्रम गरि एक हप्तामा सकाउनुपर्ने छ । जेसीज सप्ताहमा पहिलो दिनबाट क्रमशः वृक्षारोपन, वतृत्वकला प्रतियोगिता, सरसफाई, लागुपदार्थ सम्पन्धी अवेरनेस, कविता प्रतियोगिता, जेसीज प्रचार प्रसार र अन्तिम दिन हाइकिइ गरेर कार्यक्रम समापन गरिने संस्थाको महासचिव तथा जेसीज सप्ताहको मुल सयंोजक जेसि विनोद कुमार श्रेष्ठले बताउनु भयो । 

Image

पत्येक कार्यक्रमको फरक फरक संयोजक छनोट गरि फरक फरक प्रमुख अतिथी बोलाउने सर्वसहमतबाट पारित गरियो । त्यसैगरि खाँडादेवी गाउँपालिका भरिका सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम गरिने सर्वसहमतबाट पारित गरिएको थियो । 

बिहान उठ्ने बित्तिकै गर्ने प्रेरणादायक र जीवनमा काम लाग्ने १० वटा महत्वपूर्ण कुराहरू

  १. ईश्वरप्रति धन्यवाद दिनुहोस्। आँखा खुल्ने बित्तिकै आफू जीवित रहेको, स्वस्थ रहेकोमा ईश्वरप्रति आभार प्रकट गर्नुहोस्। (“धन्यवाद ईश्वर , आज...

Image