WordPress.org

बारेमा

सर्वसुगमता

सर्वसुगमता

वर्डप्रेस समुदाय र खुला स्रोत वर्डप्रेस परियोजना सकेसम्म समावेशी र पहुँचयोग्य हुन प्रतिबद्ध छ। हामी प्रयोगकर्ताहरू, उपकरण वा क्षमताको पर्वाह नगरी सामग्री प्रकाशित गर्न र वर्डप्रेसमा निर्मित वेबसाइट वा एप्लिकेसन कायम राख्न सक्षम हुन चाहन्छौँ।

वर्डप्रेसले वर्डप्रेस प्रशासक र सँगै समावेश गरिएका थिमहरूलाई, जहाँ सम्भव छ, वेब सामग्री सर्वसुगमता मार्गदर्शन (WCAG) 2.2 AA सँग पूर्णरूपमा अनुपालन गराउने लक्ष्य राख्दछ।

वर्डप्रेसमा रिलीज गरिएको सबै नयाँ र अपडेट गरिएको कोडले वर्डप्रेस सर्वसुगमता कोडिङ स्तरीय अनुसार यी दिशानिर्देशहरूको पालना गर्नुपर्छ। केही वर्तमान विशेषताहरू र विकासमा रहेका फङ्कसनहरू पूर्ण रूपमा पालना नगरिएको हुन सक्छन्, र ज्ञात समस्याहरू वर्डप्रेस ट्र्याक “accessibility” फोकस मा सूचीबद्ध छन्।

यद्यपि वर्डप्रेस परियोजनाले सबै थिमहरू अनुरूप हुन्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैन, तर सर्वसुगमता-तयार थिमहरू लाई थिम समीक्षा टिमले यी थिमहरूले आफ्ना मूलभूत सर्वसुगमता आवश्यकताहरू पूरा गर्ने सुनिश्चित गर्न जाँच्छन्।

सर्वसुगमता टिम

वर्डप्रेस सर्वसुगमता टिम ले वर्डप्रेस कोर र स्रोतहरूको पहुँचलाई सुधार गर्न परियोजनाभरि सर्वसुगमता विशेषज्ञता प्रदान गर्छ।

सर्वसुगमता ह्यान्डबुक ले वेब सर्वसुगमताका लागि श्रेष्ठ अभ्यासहरूसर्वसुगमता उपकरणहरूको सूची, वर्डप्रेस, थिमहरू र प्लगिनहरू सुधार गर्न हामीले गर्ने परीक्षण, र वर्डप्रेस सर्वसुगमतामा कसरी संलग्न हुनुहुन्छ भन्ने बारे जानकारी बाँड्दछ।

तपाईँले वर्डप्रेस वा WordPress.org प्रयोग गर्दा सामना गर्नुभएको सर्वसुगमता सम्बन्धी समस्या जानकारी गराउन, कृपया Reporting Accessibility Issues सम्बन्धी सर्वसुगमता ह्यान्डबुक पृष्ठ हेर्नुहोस्।

एट्याग वक्तव्य

अथरिङ टुल एक्सेसिबिलिटी गाइडलाइनस् संस्करण २.० (ATAG) ले वेब पृष्ठ सिर्जना गर्ने, सर्वसुगम हुने र सर्वसुगम सामग्री सिर्जनालाई प्रोत्साहन गर्ने टुल कसरी सिर्जना गर्नुपर्छ भन्ने बारे मार्गनिर्देश दिने निर्देशनहरूको एक सेट हो।

नयाँ वा अपडेट गरिएको कोडले वेब सामग्री सर्वसुगमता दिशानिर्देश (WCAG) संस्करण २.० को स्तर AA को स्तरीय मापदण्ड पूरा गर्नुपर्ने वर्डप्रेस सर्वसुगमता कोडिङ स्तरीय मापदण्ड ले माग गर्दछ। WCAG अनुपालनभन्दा परको अतिरिक्त लक्ष्य ATAG अनुकूलता हो।

ATAG 2.0 सँग पूर्ण रूपमा अनुरूप हुने एउटा एप्लिकेसन केवल अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्र प्रयोगयोग्य हुनु हुँदैन, बरु यसले सबै प्रयोगकर्ताहरूलाई सर्वसुगम सामग्री सिर्जना गर्न सक्षम पार्नुप्रोत्साहित गर्नुका साथै अतिरिक्त कुनै उपकरण वा एड-अनहरूको आवश्यकता बिना नै सर्वसुगमता सम्बन्धी त्रुटिहरूको मर्मत गर्न सहयोग गर्नु पर्दछ।

वर्डप्रेस हाल ATAG 2.0 सँग अनुरूप छैन, तर दीर्घकालीन ATAG अनुपालन लक्ष्यलाई हासिल गर्ने उद्देश्यले पहुँचयोग्य फिचरहरू तथा प्रयोगकर्ताहरूलाई पहुँचयोग्य सामग्री सिर्जना गर्न सहयोग गर्ने फिचरहरू विकास गर्ने प्रतिबद्धता गर्दछ।